All grammar topics
치고
Advancedयो व्याकरण सधैं नामपद (Noun) को पछाडि जोडिन्छ। यस्ले त्यो नाम अपबाद हो कि होइन भनेर भन्छ ।
Examples
한국 사람치고 애국가를 모르는 사람이 없어요.
राष्ट्रिय गान नजान्ने एक जना पनि कोरियाली छैनन्। ( सबैलाई आउछ अपबद छैन )
초등학생치고는 그 학생이 아주 성숙해요
प्राथमिक विद्यालयको विद्यार्थीका हिसाबले त्यो विद्यार्थी निकै परिपक्व छ। ( सानो भयपनी उ ठुलो मन्छे जस्तो छ्, त्यसैले उ अपबाद हो । )
초보자치고 잘하네요.
सिकारुको तुलनामा राम्रो गर्नुहुन्छ। ( सिकारु भयपनी उ प्रतिभासाली छ्, त्यसैले उ अपबाद हो । )
학생치고 돈이 많아요.
विद्यार्थीको तुलनामा उससँग धेरै पैसा छ। ( प्राय विद्यार्थी सँग तेत्ती पैसा हुँदैन तर उ सँग छ ! )
외국인치고 발음이 정말 좋아요.
विदेशीको तुलनामा उच्चारण साँच्चै राम्रो छ। ( प्राय बिदेशिहरुको भासा तेत्ती राम्रो हुँदैन तर उस्को छ्, उ आरु भन्दा फरक भयो । त्यसैले उ अपबाद भयो । )